रेविज रोग रोकथामको लागि नगरपालिकाद्धारा एन्टिरेविज भ्याक्सिन कार्यक्रम संचालन

धादिङबेशी । नीलकण्ठ नगरपालिका–५ स्थित गैरिगाउँ र पहरेछापमा फैलिएको रेविज रोकथामको लागि नगरपालिकाले एन्टिरेविज भ्याक्सिन कार्यक्रम संचालन गरेको छ।करिव २ साता अघि भुस्याहा सामुदायिक कुकुरले गाउँमा केही पशुहरुमा आक्रमण गरेको र २÷३ दिनको अन्तरमा ३ वटा ठुला पशु मरेको खबर आए लगत्तै नीलकण्ठ नगरपालिका पशुपन्क्षी विकास शाखाको ३ जना प्राविधिक टोलि गाउँमा पुगेर एन्टिरेविज भ्याक्सिन कार्यक्रम संचालन गरेको हो।

पशुले ¥याल बगाउने,एकोहोरो कराइरहने,मानिसलाई झम्टने र सो लक्षण देखाएको ३(७ दिन भित्र पशु मरेको भन्ने खबर प्राप्त भए लगत्तै प्राविधिक टोलि रोग पहिचान गर्न र थप हुनसक्ने जोखिम न्यूनीकरण गर्न तुरुन्तै गाउँमा पुगेको हो।

वडाको जनप्रतिनिधि, खाल्टे स्वास्थ्य चौकिका कर्मचारी तथा जिल्ला जनस्वास्थ्य कार्यलयका कर्मचारी समेत पुगेर रेविज संक्रमण फैलिएको ठाउँमा स्थलगत निरीक्षण गरि सत्यतथ्य बिवरण र स्थानीय कृषकहरुलाई सचेतना गराइएको थियो।

गैरिगाउ र पहरेछापका कृषकहरुको करीब १३० साना तथा ठुलो पशुचौपाय हरुमा आज भ्याक्सिन लगाइएको छ भने पशु मृत्यु भएका घरको कृषकहरुको लागि तुरन्त एन्टिरेविज खोप लगाउन समेत सल्लाह दिइएको छ।

गत आ.व.मा पनि सुनौलाबजार आसपासका केही ठाउँमा पशुहरुमा रेविजको फिलिएको र १ जना मानिसको समेत ज्यान गएको थियो उक्त समयमा पनि नीलकण्ठ नगरपालिकाले प्राविधिक पठाइ भ्याक्सिनेशन कार्यक्रम ३ दिन संचालन गरेको थियो ।आकस्मिक रोगहरुको ब्यावस्थापन को लागि खोप खरिद तथा ब्यवस्थापन शिर्षकमा यस बर्ष पनि नगरपालिकाले ६ लाख बजेट बिनियोजन गरेको छ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्