कोदोमा पनि नेपाल परनिर्भर:चार महिनामा पाँच करोडको कोदो भित्रियो

नेपाल २० वर्ष अघिसम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर थियो ।तर हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री हुन थालेको छ ।चालु आर्थिक वर्षको पहिलो चार महिनामा पूर्वी नाका काँकडभिट्टा हुँदै पाँच करोड रुपैयाँभन्दा धेरैको कोदो नेपाल भित्रिएको क्वरेण्टीन कार्यालय काँकडभिट्टाले जनाएको छ।चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिक महिनामा पाँच करोड १५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको एक हजार ६ सय १० मेट्रिकटन कोदो आयात भएको हो ।

अघिल्लो वर्ष चार महिनामा चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५ सय ७० मेट्रिकटन कोदो आयात भएको थियो ।क्वरेण्टीन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तराखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताउनुभयो ।

युवा पलायन हुने र कोदो खेती हुने जमिन नासिन थालेपछि नेपाल कोदोमा परनिर्भर हुन थालेको कृषि विज्ञले बताएका छन् । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको कृषि विज्ञको भनाई छ।पछिल्लो समय होमस्टे, रेष्टुरेन्टमा कोदोको रोटी, ढिँढोको परिकार बनाउन समेत कोदो आयात हुने गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्