सक्रिय संक्रमित ६ हजार १०५ मा झ¥र्योे:आज ३२९ संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४५१ को परिक्षणमा २११ संक्रमित थपिदा ३२९ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ८ हजार १८ जनाको पीसीआर गर्दा १९७ र १ हजार ४३३ जनाको एन्टिजेन परिक्षणमा १४ गरी २११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार मात्रै २८० संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १९ हजार २५५ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ५ हजार ९ सय पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ८ प्रतिशत रहेको छ।यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५४९ को मृत्यु भएको मन्त्रालयको उल्लेख गरीएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्