मोर्डनाको १४ लाख ९७ हजार मात्रा खोप आइपुग्यो,बालबालिकालाई लगाइने

अमेरिकाबाट कोराना भाइरसविरुद्धको १४ लाख ९७ हजार मात्रा खोप नेपाल आइपुगेको छ ।कोभ्याक्स सुविधाअन्तर्गतको खोप अमेरिकाबाट कतार एअरवेजमार्फत नेपाल ल्याइएको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो।

आज आएको मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताउनुभयो । केही दिनअघि मात्र एक लाख ८४ हजार चार सय मात्रा मोडर्ना खोप ल्याइएको थियो ।

बुधवार मात्रै कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिशिल्ड खोप भारतबाट ल्याइएको थियो ।नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्स मार्फत दुई करोड ९४ लाख ५३ हजार पाँच सय २० मात्र खोप ल्याइएको छ ।सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्