गंगाजमुना गाउँपालिकामा नेपालकै दोस्रो लामो झोलुङ्गे पुलको शिल्यान्यास

धादिङको गंगाजमुना गाउँपालिकामा नेपालकै दोस्रो लामो झोलुङ्गे पुलको शिल्यान्यास गरीएको छ। पहाडी क्षेत्रमा निर्माण हुने वान स्ल्यापवाला पर्वत पछिको दोस्रो लामो झोलुङ्गे पुलको शिल्यान्यास गरीएको हो। पर्वतमा निर्माण भएको नेपालको पहिलो लामो झोलुङ्गे पुलको लम्बाई भने ४ सय ६८ मिटर लामो रहेको छ ।गंगाजमुना गाउँपालिका वडा नम्बर ६ को अधेरीफाँट देखी वडा नम्बर ७ को चाँचुली जोड्ने ४ सय ८ मिटर लामो झोलुङ्गे पुलको विहिबार एक कार्यक्रमको बीच शिल्यान्यास गरीएको हो ।

गंगाजमुना गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा नेकपा एमाले गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामिछानेले बिहीबार एक कार्यक्रमका बिच पुलको शिल्यान्यास गर्नुभएको हो।बृज सस्टेन्सन डिभिजन कार्यालय पुलचोकको ३ करोड २० लाखको लागतमा निर्माण हुने उक्त पुलको काम बैशाख मसान्त भित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको वडा अध्यक्ष भक्त बहादुर लामिछानेले जानकारी दिनुभयो ।

उक्त स्थानमा झोलुङ्गे पुल नुहँदा बसेरीबाट बुढाथुम जानको लागि ३ घण्टाको बाटो हिड्नुपर्ने बाध्यता रहेको थियो ।पुल निर्माण भएपछि ३ घण्टा लाग्ने उक्त बाटो १० मिनेटमा पुग्न सकिने वडा अध्यक्ष लामिछानेले धादिङ सन्चारलाई जानकारी दिनुभयो ।पुल निर्माण भएपछि गंगाजमुना गाउँपालिकाका नागरिकहरु मात्र नभएर छिमेकी जिल्ला गोरखाका नागरिकहरु पनि लाभान्वित हुनेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्