रक्तदानले शरीरमा कुनै असर पार्दैन भन्ने कुराको जागरण ल्याउनु आवस्यक

स्वास्थ्य समाचार
विश्व रत्तदाता दिवसको अवसरमा बुटवल दिवसको औचित्यका विषयमा आज बुटवलमा अन्तरक्रिया गरिएको छ ।‘स्वथ्य रगत सवैका लागि’ भन्ने नाराका साथमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही र रक्त सञ्चार सेवा केन्द्र बुटवलको आयोजनामा रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ बुटवलमा भएको कार्यक्रममा रक्तदानले शरीरमा कुनै असर पार्दैन भन्ने कुराको जागरण ल्याउनु आवस्यक रहेको बताए ।

उनीहरुले रत्तदान गर्दा स्वस्थ्यमा असर पर्छकी भन्ने डरले रत्तदान गर्न पछि पर्ने गरेको भन्दै त्यस्तो भ्रम चिर्न पनि नयाँ खालको जागरणको अवस्यकता औँलाए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालले अस्पतालले विरामीको आर्थिक अवस्था हेरी सहुलियत दिने गरेको वताए । उनले स्थानीय तह हरुले जिम्मेवारी पुरा गर्ने गरी सिफारिस गर्न अझै पनि नसकेको वताए।

मेलानका केन्द्रिय उपाध्यक्ष रमेश पाण्डेले चेक जाँच गर्ने मेसिनहरुको खरावीका कारण परिणाम गलत आउने गरेको वताए । उनले पछिल्लो समय रत्तदानमा केही जागरण आए पनि व्यापक बनाउन अभियान संचालन गर्नुपर्ने वताए ।आम्दा अस्पतालका कार्यवाहक प्रमुख केशव शर्माले अस्पतालहरुले रक्त संचार केन्द्रसँग समन्वय गरिरहेको वताए। उनलेकतिपय अवस्थामा अस्पतालका कर्मचारीको कमजोरीका कारण घट्ना घट्ने गरेको भन्दै सचेत हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मानवको सेवा र संरक्षण गर्नु हामी सबैको दायित्व हो सरकार उदासिन देखीएको बताए ।नेपाल रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष प्रेम लाल उदासको अध्यक्षता, कृष्ण चौहान क्षेत्रीको संचालनमा भएको कार्यक्रममा पत्रकार, सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्