वडा स्तरीय बालअधिकार समिति गठन तथा अभिमुखिकरण कार्यशाला सम्पन्न

धुनिबेशी नगरपालिका वडा नंं १ मा वडा स्तरिय बालअधिकार समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।बालमैत्रि स्थानीय शासन कार्यान्वयको चरण अन्तर्गत प्रयास नेपाल धादिङको सहयोग तथा धुनिबेशी नगरपालिको समन्वयमा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।प्रयास नेपाल धादिङका पुर्व अध्यक्ष सुनिता कडेलले सहजिकरण गर्नु भएको कार्यक्रममा बालमैत्रि स्थानीय शासन भनेको के हो ?, किन बालबालिकाहरुमा लगानी गर्ने, वडा बालअधिकार समिति किन गठन गरिन्छ? वडा समितिको संरचना, समितिको काम, कर्तव्य र अधिकार लगायतको विषयमा छलफल भएको थियो ।

वडा नं १ का वडाध्यक्ष चन्द्र बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा समितिका पदाधिकारी र सरोकारवाला सहित ३८ जनाको सहभागिता रहेको थियो ।बालमैत्रि स्थानिय शासन स्थानिय तहमा बाल अधिकार सुनिश्चितता गर्दै बालअधिकारका चार पक्ष बाल बचाउ, बाल संरक्षण, बाल विकास, र बाल सहभागीतालाई मुख्य आधार बनमएर कार्यान्वयन गर्ने नितिगत व्यवस्था गरेको छ ।

बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान, सिप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले अभिमुखिकरण कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सजिता मुडभरिले बताउनु भयो ।वडाध्यक्ष तामाङको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरिय बाल अधिकार समिति र समृद्धि पाण्डेको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरीय बाल संजाल समेत गठन गरिएको पनि महिला बालबालिका शाखा प्रमुख सजिता मुडभरिले जानकारी दिनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्