दोस्रो कृषि तारा अवार्ड धादिङका उद्धवप्रसाद न्यौपानेले जिते

दोस्रो कृषि तारा अवार्ड धादिङका उद्धवप्रसाद न्यौपानेले जितेका छन्। इजरायलको राजदूतावास र अवसर फाउन्डेसनले इजरायलबाट कृषि प्रशिक्षण लिएर फर्किएकाहरूमध्येबाट एकजनालाई उत्कृष्ट कृषि तारा अवार्ड धादिङका न्यौपानेलाई दिएको हो।

न्यौपानेलाईकृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव तथा नेपालस्थित इजरायली राजदूत खनान गोदार लगायतले ५ लाखसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो।इजरायलबाट कृषि तालिम सकेर फर्किएपछि व्यावसायिक कृषि कर्ममा लागेका देश भरबाट छनोटमा परेका १० युवा कृषकहरु मध्येबाट न्यौपाने उत्कृष्ट घोषित भएका हुन्। उनले अहिले ७० बिघामा कृषि गरिरहेका छन्। पुरस्कार पाएसँगै न्यौपानेले ५ लाख रुपैयाँले राम्रो नर्सरी सञ्चालन गर्ने बताउनुभएको छ।

उत्कृष्ट दश कृषकमा नवीन जोशी, दीप नारायण राउत, सशिन कर्माचार्य, सङ्कर सिलवाल, बाबुराम केसी, अनिल दमाई, विजय गाउली, प्रवीण राजवंशी र रामहरि रोइला रहेका थिए। उनीहरूले तरकारी खेती तथा पशुपन्छी पालन गर्दै आएका थिए।

कार्यक्रममा इजरायली राजदूत खनान गोदारले कृषि सोख नभएर व्यवसाय भएको बताउनुभयो। कृषिबिना कुनै पनि देशको विकास सम्भव नभएको भन्दै उनले कृषिको उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो।यस्तै, कार्यक्रममा कृषि मन्त्री यादवले कृषिमा इजरायल सरकारले प्रयोग गरेको प्रविधि नेपाली किसानमा प्रयोग गर्ने वातावरण सरकारले तय गर्ने बताउनुभयो।तस्विर थाहा खवर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्