देशभर चिसो बढ्दै:आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन आग्रह

देशभर चिसो बढ्दै गईरहको छ ।चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ ।

यसले गर्दा दिउँसोको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ ।देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ ।

नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएकाले अबको केही दिन पनि मौसम सफा नै रहने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।उहाँका अनुसार प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम आंशिक बद्ली हुने सम्भावना छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्