दलमा स्थिरता छैन भने सरकार पनि स्थिर रहँदैन : महन्थ ठाकुर

काठमाडौं, २४ मंसिर 

लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताएका छन् । 

काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताएका हुन् । 

संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताए ।  

‘हामी हाम्रो समस्या सम्बोधन चाहन्छौँ’, उनले भने, ज्वालामुखीजस्तै विस्फोट हुन्छ । हामी सडकमा उत्रनुपर्ने हुन्छ । यस्तो अवस्था नआओस्,’ उनले भने । ठाकुर लामो समय कांग्रेसमा थिए ।  
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्