१० हजार ४८७ को परिक्षणमा थपिए २५९ संक्रमित:तिन जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा देशभर १० हजार ४८७ को परिक्षणमा २५९ संक्रमित थपिदा ३३७ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ६ हजार ४७२ जनाको पीसीआर गर्दा २३२ र ४ हजार १५ जनाको एन्टिजेन परिक्षणमा २७ गरी २५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार मात्रै २८० संक्रमित थपिएका थिए।यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १९ हजार ५१४ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ६ हजार २३७ सय पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ९ प्रतिशत रहेको छ।यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण ३ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५५२ को मृत्यु भएको मन्त्रालयको उल्लेख गरीएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्