३४ करोडको लगानीमा सिद्धार्थनगरनगर सिटी अस्पतालको अत्याधुनिक सुबिधा सम्पन्न भबन बन्दै

स्वास्थ्यसमाचार
सिद्धार्थनगर सिटी अस्पतालले नयाँ स्वरुप पाउने भएको छ भैरहवामा रहेको यस अस्पतालमा आधुनिक तथा सुबिधा सम्पन्न नयाँ भबन निमार्णधिन अबस्थामा रहेको अस्पतालले जनाएको छ। १९ करोडको लगानीमा सुबिधा सम्पन्न र आधुनिक भबन १५ करोडको लगानीमा उपकरण फर्निचर लगायतको लागी ३४ करोडको परियोजना अघि बढेको अस्पतालले जनाएको छ ।

नयाँ भबन १२ रेक्टर स्केल भन्दामाथिको भुकम्पन्न प्रतिरोधी हुने छ जस्मा अन्डरग्राउन्ड पार्किङ अध्याधुकि बिद्युतीय लिफट् साधरण र आकस्मीक सिढीसहितको ५ तले भबनको मात्र कुलक्षेत्रफल ५२ हजार रहने छ । नयाँ भबनमा प्रयाप्त भेन्टीलेसन लाईट आर्कषक गाडेन सहितको स्वच्छ बाताबरणमा मेडिटेशन सेन्टर कन्फ्रेन्सन हल लाईबेरी रहने कुरा अस्पतालका प्रबन्धक निर्देशक अर्जुन पौडेलले बताए ।

५० सैयाको अस्पतालमा पुर्णरुपमा डिजीटल र पेपरलेस काम हुने छ भने सिटी स्कयान ट्रमासेन्टर आईसियु सिसियु लगायत सम्पुर्ण अप्रेशन लगायत साथै काठमान्डौका प्रतिष्ठित अस्पताल संग सम्झौत गरि काठमान्डौका चिकित्सकहरुको टोली र यस क्षेत्रका चिकित्सकटोली द्धारा बिशिष्ट सेवाहरु साथै न्युरो सर्जरीसेवा स्पाईनल अप्रेशन सेवा ईनफर्टिलीटी सेन्टर जस्ता सेवा संञ्चालन गरिने छ ।

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल नजिक रहेको हुदा बाहिर बाट चिकित्सकको टोली ल्याउन सहजर हुने र बिदेसी बिरामीहरुलाई समेत मध्यनजर गरि ट्राभल मेडीसिन अन्र्तगत सेवा दिनलाई अस्पतल भित्रै ईन्टरनेस्नल किल्नीक पनि संञ्चालन गरिने कुरा पौडेलले बताए । अस्पतालका संञ्चालक डा अमित चर्तुबेदीले अन्तराष्ट्रिय बिमानस्थल नजिक भैरहवा देखी लुम्बीनी सम्म ६ लेनको सडक लुम्बिनीमा बढदो पर्यटक नजिकै रहेको भारतिय सिमाको कारण भैरहवामा संञचालन हुने यस अस्पतालमा मेडिकल टुरिजमको संभाबना रहेको कुरा जानकारी दिए ।

अस्पतालले साबिकको लुम्बिनी अञ्चल अन्र्तगत सम्पुर्ण जिल्ला हरु सहित ५ नं प्रदेशका हरेका क्षेत्रहरु तथा सिमार्बति भारतिय नागरिकहरुलाई सेवा दिने लक्ष्यराखेको छ अस्पतालले हाल निशुल्क डायलाईसिस सेवा आमासुरक्षा कार्यक्रम हाडजोर्नि जनरल सर्जेरी लगायत सम्पुर्ण अप्रेशन आईशियु एनआई सियु लगायतका सेवाहरु दिईरहेको अस्पताललका अध्यक्ष डा सुवोध कुमार पान्डेले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्