आजको राशिफल

आजको पात्रो : २५ मंसिर शनिबार, तदनुसार ११ डिसेम्बर । मार्गशीर्ष शुक्लपक्ष अष्ठमी तिथि, पूर्वभाद्रपदा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा  छ। अष्टमीव्रत, गोरखकालीपूजा रहेको छ ।

आजको सूर्योदय बिहान ६ः४६ मिनेटमा रहेको छ भने सूर्यास्त १७ः०८ मा रहेको छ । शनिबार विशेष गरी नजिकको पिपलको वृक्षको प्रदक्षिण वा जल अभिषेक गर्दा नवग्रह शान्ति हुनेछ । आज बिहान ९ः२१ देखि १०ः४० सम्म राहुकाल, ११ः३७ देखि १२ः१८ सम्मको समय अभिजित मुहूर्त छ । त्यसैले कुनै शुभ कार्य गर्नुछ भने आजको दिन अभिजित मुहूर्तको समय तय गर्नुहोला । राहुकालको समयमा कुनै पनि शुभ कर्म नगर्नु भनेर ज्योतिषशास्त्रले भनेको छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  धनलाभ हुनसक्छ । आजको दिन श्रद्रा, भक्तिपूर्वक नवग्रहको आरधना गर्नुहोला । व्यापारबाट पनि लाभ हुनेछ । दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ । स्वास्थ्यमा विचार पुर्‍याउनु होला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्य लाभ हुनेछ । तपाईँलाई शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । शनिबार यात्राबाट अर्थ हानी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेक कुराका सकारात्मक सोच राख्नु भएमा तपाईँमा खुसी छाउनु हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईलाई हानी हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  शनिबार आफन्तको घरमा जाँदा तपाईँलाई  आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि  व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईँको मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग तपाईको  सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । परिवारमा विवाद हुनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर काम गर्नु राम्रो होला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईँले आजको दिन सुरु गरेका काम सफल हुनेछन् । व्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राको अवसर आउनसक्छ । स्वास्थ्यमा ख्याल राख्नुहोला । दाम्पत्य जीवनमा सुख समृद्धि प्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईँका लागि फाइदा हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन अर्थलाभ हुनेछ । ग्रह बलिया छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  सामाजिक कार्यबाट मानसम्मान मिल्नेछ । तपाईँलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले  तपाईँलाई मनमा हर्ष छाउने छ । तपाईँले गरेको कामको सम्मान गरेका कारण मनमा अलि बढी खुसियाली हुँदा पनि हानी हुनसक्छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । चन्द्रमाको साथ छ । तपाईँले सोचअनुसारको काम  हुनेछ । गृहस्थ जीवनका योजना सफल हुनेछन् ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । सकारात्मक  सोच, सामाजिक कार्य र शिवालय, देवालयको दर्शन गरेर मनमा भएका चिन्ता हटाउन सक्नुहुनेछ । अध्ययन अध्यापन, ध्यान र चित्त साधनामा आजको दिन व्यतित गर्नु होला । रचनात्मक लेखनमा समय खर्च गर्नुभयो भने आजको दिन सफल हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्