खैरेनीटारमा वडास्तरीय भलिबल

तनहुँ, २४ मंसिर

तनहुँको खैरेनीटारमा वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । लाङ्घाली  मगर समाजको आयोजनामा प्रथम लाङ्घाली मगर समाज एकान्कुना भलिबल कप सुरु भएको हो । 

प्रतियोगिताको उद्घाटन खेलमा शुक्लागण्डकी नगरपालिका-१० विजयी भएको छ ।  भिमाद नगरपालिका-१ लाई ३-० को सोझो सेटमा पराजित गर्दै शुक्लागण्डकी-१० दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । भिमाद-१ लाई २५-१८, २५-२१ र २५-२० को स्कोरमा पराजित गरेको हो । 

दोस्रो खेलमा भिमाद नगरपालिका-९ विजयी भएको छ । शुक्लागण्डकी-६ लाई ३-१ को सेटमा पराजित गर्दै भिमाद–९ विजयी भएको हो । भिमादले-९ ले २२-२५, २५-१८, २६-२४ र २८-२६ को स्कोरमा पराजित गर्न सफल भएको हो । 

प्रतियोगितामा तनहुँसँगै स्याङजा र नवलपुरका १२ टिम सहभागी छन् । विजेताले नगद ६० हजार रुपैयाँ पाउनेछ । दोस्रो, तेस्रो र चौथो हुने समूहले क्रमशः ४० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ पाउनेछन् । 
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्