धादिङका सबै कोरोना संक्रमित निको भए

धादिङ,२५ मंसिर ।
धादिङमा कोरोना सक्रिय संक्रमित शुन्य रहेको छ । शनिबार एक संक्रमित डिस्चार्ज भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ७१ पुगेको छ भने हालसम्म निको हुनेको सङ्ख्या ८ हजार ११९ रहेको छ। संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्