महिला तथा बालबालिकालाई क्षमता अभिबृद्धि तथा मनोपरामर्श कार्यक्रम सम्पन्न

धादिङबेशीमा महिला तथा बालबालिका सम्बन्धी क्षमता अभिबृद्धि तथा मनोपरामर्श कार्यक्रम सम्पन्न भएको छ ।लैङिगक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा महिला तथा बालबालिका लक्षित क्षमता अभिबृद्धि तथा मनोपरामर्श कार्यक्रम सम्पन्न भएको हो।

No description available.

घरै देखि सुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराको साथ आयोजना गरिएको कार्यक्रममा मानव अधिकार रक्षक जिल्ला सञ्जाल धादिङकी अध्यक्ष गायत्राी खतिवडा, राष्ट्रिय महिला संजालकि महासचिव राधिका सापकोटाले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सहकारी संस्थामा आबद्ध ८० जना शेयरसदस्यहरुको उपस्थिति रहेको थियो ।महिलाहरुको हक हितको लागी स्थापना गरिएको सहकारी भएर यस किसिमको कार्यक्रमको आयोजना गरिएको शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष चमेली बगालेले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्