काठमाडौं महानगरमा १९६ किलोमिटर कालोपत्रे गर्‍यौँ : मेयर शाक्य

काठमाडौं, २६ मंसिर 

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरले १९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको बताएका छन् ।

२७ औँ महानगर दिवसको अवसरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए । 

‘मेरो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २२६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ उनले भने, ‘वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको छ ।  वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्यालयहरू निर्माणाधीन अवस्थामा छन् ।  वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरूको स्तरोन्नति गरिएको छ ।’ 
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्