दाङको एउटै वडामा १सय ३८ बालबालिका कुपोषित

स्वास्थ्य समाचार
दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १ सय ३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।

तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले वताए ।वडा नं ११ मा १सय ३८ जना बालबालिकामा कुपोषण देखिएको छ उनले भने, तर ४७ जना मात्रै सम्पर्कमा छन् अन्य बालबालिकाहरु कता छन सम्पर्कमा आएका छैनन ।

४७ जनामध्ये निको भएका १३, डिफल्टर अर्थात् उपचार गर्दा गर्दै आउन छोडेका २२, अन्य अस्पतालमा थप उपचारका लागि पठाएका सात तथा औषधि खाइरहेका पाँच जनाको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।२०७४ साल चैत ७ गतेदेखि २०७६ जेठ २७ गतेसम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा कूल ६ हजार ९०८ जना बालबालिका रहेका स्वास्थ्य महाशाखा तुलसीपुरले जानकारी दिएको हो ।

एघार वटा वडाको केन्द्र टरिगाउँ केन्द्रमा अझै ९१ जना कुपोषित बालबालिका सम्पर्कमा आउन नसकेको वताए।बाँकी आठ वटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित बालबालिकाहरुको सङ्ख्या रहेको उहाको भनाइ छ ।   कुपोषित बालबालिकाको यो सङ्ख्या चिन्ताजनक रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले वताईन । अहिले एउटै वडामा देखिएको यो कुपोषणको समस्या निकै चिन्ताजनक विषय हो उपप्रमुखले भनिन।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्