१३ हजार २३६ मा कोरोना परीक्षण गर्दा ३४१ लाई संक्रमण,३ को मृत्यु

धादिङ,२७ मंसिर ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार २३६ को परिक्षणमा ३४१ संक्रमित थपिदा ३७६ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट १० हजार ४१६ जनाको पीसीआर गर्दा ३१३ र २ हजार ८२० जनाको एन्टिजेन परिक्षणमा २८ गरी ३४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आईतबार मात्रै २५४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २० हजार ३४५ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ७ हजार १५४ पुगेको छ।
योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ।यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण ३ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५५७ को मृत्यु भएको मन्त्रालयको तथ्याङकमा उल्लेख गरीएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्