मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौं, २७ मंसिर 

राष्ट्रपतिको आह्वानअनुसार सोमबार संघीय संसदको दुवै सदनको १०औँ अधिवेशन सुरु हुँदै छ ।

सरकारको सिफारिसअनुसार यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

सोहीअनुसार मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सोमबार सार्वजनिक गरिएको छ । 

यस्तो छ सम्भावित कार्यसूची

सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने । 

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने ।

गृह मन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’,  ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेस गर्ने । 

भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ पेस गर्ने । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र  फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्ने ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्