अवैध लागूऔषध सहित गजुरीका मोतिलाल तामाङ पक्राउ

धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारबाट लागुऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना.८ ख २४०५ नम्बरको माईक्रोमा सवार गजुरी गाउँपालिका–४ बस्ने ५७ वर्षीय मोतिलाल तामाङलाई करिब १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।

बोरामा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।उक्त गाँजा सहित पक्राउ परेका तामाङलाई “लागुऔषध(गाँजा) सम्बन्धी कसुर मुद्धा” दर्ता भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्