जुम्ली महिलाको व्यवसायी बन्ने सपना पूरा

जुम्ला, २८ मंसिर

तिलागाउपालिका-५ ढिमकोटगाउँकी  अप्सरा शाही व्यावसायिक खेती गरी आत्मनिर्भर बन्ने सोचमा थिइन । तर, व्यfवसायिक तरीकाले कसरी  खेती गर्ने भन्ने केही थाहा थिएन् । जग्गा जमिन भएर पनि त्यसलाई उपयुक्त तरीकाले उपभाेग गर्न नसकेकाेमा उनी चिन्तित थिइन । घरकाे सामान्य खर्च टार्न पनि श्रीमानकै भर पर्नु पर्दा उनलाई सहयाेग गर्न पाए हुन्थ्याे जस्ताे ठान्थिन् ।

उनले यस्ताे साेचलाई  नविल बैंकसँग दिगो उद्यमशीलता विकासका लागि सात दिने सिपमुलक तालिमले पूरा गरिदिएकाे छ । उनले भनिन्, ‘हाम्राे गाउँपालिकाले बेरोजगारलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम  दिएपछि व्यवसायिक बन्ने सपना पूरा भएको छ । अहिले व्यवसायिक रुपमा ओखरखेती गर्ने तयारी सुरू गरेकी छु ।’  

तिलागाउँपालिका-१ की राजुकला थापा (बुढा) ले पनि तालिमपछि रारासेरीबजारमा  खाजापसल चलाउँदै आएकी छन् । उनी भन्छिन् ‘व्यावसायविना महिलाको जीवनस्तर बदलिँदैन । चुलो चौकोमा सिमित हुँदा हिंसाकाे शिकार पनि बन्ने रहेछाैं । हामीले गर्याे भने नसक्ने केही रैनछ ।’ अप्सरा र राजुकला मात्रै होइन तिलाका धेरै महिला तालिमपछि व्यवसायमार्फत आत्मनिर्भर बन्न थालेका छन् । 

तिलागाउँपालिकाले बेरोजगारलाई आत्मनिर्भर बनाउन नविल बैंकसँग दिगो उद्यमशीलता विकासका लागि साझेदारी गरेपछि यहाँका महिला उद्योमी बन्न अग्रसर भएका हुन् । तिलाले पालिकाभित्रका महिलालाई उद्यमशीलता र स्वरोजगार बनाउने गरी तिला गाउँपालिका, राष्ट्रिय युवा परिषद् र नबिल बैंकबीच त्रिपक्षीय समझदारी गरेको थियो ।   

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्