२६४ संक्रमित थपिदा ३६२ संक्रमित डिस्चार्ज, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ७०९ को परिक्षणमा २६४ संक्रमित थपिदा ३६२ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ९ हजार ३९२ जनाको पीसीआर गर्दा २२९ र ४ हजार ३१७ जनाको एन्टिजेन परिक्षणमा ३५ गरी २६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार मात्रै ३४१ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २० हजार ६०९ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ७ हजार ५१६ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ९ प्रतिशत रहेको छ। यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५५९ को मृत्यु भएको मन्त्रालयको तथ्याङकमा उल्लेख गरीएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्