विपद पुर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

धादिङको नीलकण्ठ नगरपालिकामा विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । युएसआर्ईडी तयार नेपाल–विपद जोखिम व्यावस्थापन परियोजना अन्तरगत धादिङको नीलकण्ठ नगरपालिकाले विपद्पूर्वतयारी तथा प्रतिकार्य योजनाको निर्माण गरी लागु गरेको छ ।नीलकण्ठ नगरपालिका भित्रका १४ वडामा हुने विपदका घट्नाहरुको विश्लेषण गरी जोखिम न्युनीकरण गर्न र विपद भए त्यसको उद्धार तथा राहतको विषयमा कार्ययोजना बनाएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा विपद व्यावस्थापन संयोजक विष्णु प्रसाद रिजालले जानकारी दिनुभयो।

No description available.

विपद् पूर्वतयारी तथा प्रतिकार्यको लागि नीलकण्ठ नगरपालिकाले समग्र व्यावस्थापन क्षेत्र,सुचना खोज तथा उद्धार क्षेत्र,खाद्य तथा पोषण क्षेत्र,खानेपानी,सरसफाई र स्वच्छता प्रवद्र्धन क्षेत्र,आपतकालिन आश्र तथा गैर खाद्य सामाग्री क्षेत्र,संरक्षण तथा सुरक्षा क्षेत्र,आपतकालिन शिक्षा क्षेत्र र पुर्नलाभ क्षेत्रको स्थापना गरीएको छ । त्यसको लागि फोकल पर्सन तोकेर जिम्मेवारी समेत दिईसकिएको छ । नीलकण्ठ नगरपालिकामा हुने प्रकोप र यसले निम्त्याएका विपद्हरुलाई विश्लेषण गरेर कार्ययोजना बनाईएको तयार नेपालका सुधा रिमालले जानकारी दिनुभयो ।

No description available.

नीलकण्ठ नगरपालिकामा पहिरो, बाढी, आगलागी, चट्याङ, हावाहुरी,सडक दुर्घटना,बेमौसमी बर्षा लगायतका प्रकोपहरु रहेका छन् । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीले विपद्व्यापस्थापनको क्षेत्रमा नगरपालिकाले धेरै राम्रो काम गरेको बताउनु भएको छ । विपदबाट हुने क्षतीलाई कम गर्नको लागि नगरपालिकाले अहिलेदेखीनै विभिन्न कार्यक्रमहरु सन्चालन गरीरहेको समेत बताउनुभयो ।कोरोना कोषको स्थापना गरेर उपचार,राहत तथा रोकथामको लागि विभिन्न कार्यक्रम गरेको भन्दै भण्डारीले विपद कोष स्थापना गरेर काम भईरहेको बताउनुभयो ।कार्यक्रममा वडा सदस्य,शाखा प्रमुख लगायत सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्