पुस ४ देखी धादिङमा १२ बर्ष माथिका वालवालिकालाई कोरोना विरुद्धको खोप लगाईदै

धादिङमा पुस ४ गतेदेखी वालवालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ।जिल्ला खोप समन्वय तथा अनुगमन समितिको बुधबार बसेको बैठकले जिल्लाका १३ स्थानिय तहहरुमा १२ देखि १७ वर्ष उमेर समूहका वालवालिकालाई २ चरणमा मोर्डना खोप लगाईने निर्णय गरेको छ।

पहिलो चरण अन्तरगत पुस ४ देखी ८ गते सम्म ८ स्थानिय तह निलकण्ठ नगरपालिका, रुविभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी ज्वालामुखी, नेत्रावती र सिद्धलेक गाउँपालिकामा मोर्डनाको पहिलो मात्रा दिने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यस्तै दोश्रो चरणमा पुस ७ गतेदेखि ११ गते सम्म ५ स्थानिय तह धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान संञ्चालन हुने स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो ।खोप कार्यक्रम सम्बन्धीत विद्यालय र ५२ स्वास्थ्य संस्थाबाट लगाईने उहाँले बताउनुभयो ।

यसैगरी पहिलो मात्रा लगाएका बालबालिकालाई माघको २ गतेदेखि ९ गतेसम्म दोश्रो मात्रा लगाईने खोप अधिकृत पोखरेलले बताउनुभयो।
वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने ल्याउनुपर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।खोप अभियानमा सबैको पूर्ण सहभागीताको लागि खोप अधिकृत पोखरेलले आग्रह गर्नुभएको छ।

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्