समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा

काठमाडौं, २ पुस

समिट लघुवित्त वित्तीय संस्थाले आगामी २४ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा तनहुँकाे आँबुखैरेनी रेटुरेन्ट एन्ड पार्टी प्यालेसमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा गत वर्षको नाफाबाट २५ दशमलव २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस हुनेछ । मर्जर तथा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग सात लाख ५१ हजार ७१२ कित्ता सेयर एफपीओको रूपमा जारी गर्ने प्रस्ताव छ ।

वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । त्यसैगरी, अन्य लघुवित्त वित्तीय संस्थासंग मर्ज अथवा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरू पारित हुनेछ।

सभा प्रयोजनार्थ लागि १५ पुसदेखि बुक क्लोज हुनेछ । यसअनुसार १४ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र बोनस सेयर पाउन सक्नेछन् । समिट र सजिलो लघुवित्त मर्ज भएर ६ असोज २०७७ देखि एकीकृत कारोबार भएकाले बोनसमा लाग्ने करको व्यवस्था नगरिएको कम्पनीले जनाएको छ ।  
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्