शुक्रबार २७४ कोरोना संक्रमित थपिए, सक्रिय केश ५ हजार ५२२

धादिङ,०२ पौष ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार १६ को परिक्षणमा २७४ संक्रमित थपिदा २७० संक्रमित डिस्चार्ज भएका छन्।देशभरका प्रयोगशालाबाट ७ हजार ६९१ जनाको पीसीआर गर्दा २६९ र १ हजार ३२५ जनाको एन्टिजेन परिक्षणमा ५ गरी २७४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बिहिबार मात्रै १८४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ३४७ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ८ हजार ३५३ पुगेको छ।
योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ९ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ३ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५७० को मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्