नेत्रावती डबजोङ–५ कटुन्जेमा आखा शिबिर सम्पन्न,२०२ जनाले सेवा लिए

नेत्रावती डबजोङ गाउपालिका वडा नं ५ कटुन्जेमा आखा शिबिर सम्पन्न भएको छ ।तिलगंगा आंखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आंखा केन्द्र धादिङको सयुक्त आयोजना तथा नेत्रावती डबजोङ गाउपालिकाको सहकार्यमा महेन्द्र वाराही मा.वी. कटुन्जेमा शुक्रबार आयोजित एकदिने आखा शिबिरमा २०२ जनाले सेवा लिएका छन्।

सेवा लिएका मध्ये १६ जनाको मोतियाबिन्दु देखिएकोले उक्त मोतियाबिन्दुका बिरामीहरुलाई जिल्ला सामुदायिक आखा केन्द्र धादिङमा पुस २७ र २८ गतेहुने शिबिरमा निशुल्क अप्रेसन गरिने नेत्रावती डबजोङ गाउपालिकाका स्वास्थ्य संयोजक कृष्ण बद्री पौडेलले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्