देशभर चिसो बढ्यो,आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरूको सुझाब

धादिङ सहित देशभर चिसो बढेको छ । पुस लागेसँगै घाम कम लाग्ने तथा लागेपनि मधुरो लाग्ने हुँदा चिसो थप बढेको छ । यो पुस महिनाभरि चिसो अत्याधिक बढ्ने मौसमविद्हरूले बताएका छन् ।हिमाली, पहाडी तथा तराईका जिल्ला सबै तिर मौसममा बदली आइ चिसो बढ्ने मौसमविदले जनाएका छन् ।

चिसो समयमा बालबालिका तथा जेष्ठ नागरिकहरूको स्वास्थ्यमा असर पर्ने भएकाले बिशेष ख्याल गर्न चिकित्सकहरूले अनुरोध गरेका छन् । यो समयमा दम, मुटु तथा फोक्सो सम्बन्धि समस्या भएका दीर्घ रोगीहरूलाइ झन् धेरै अफ्ठेरो पर्ने भएकाले उनीहरूको बिशेष ख्याल गर्न चिकित्सकहरूको सल्लाह रहेको छ ।

जाडोको यो समयमा सकेसम्म न्यानो कपडा लगाउन, बिहान तथा साँझमा काम नपरेसम्म सकेसम्म घरबाट बाहिर नहिड्न तथा तातो र झोलिलो खानेकुराहरू खान पनि डाक्टरहरूको सुझाब रहेको छ ।

चिसो खानेकुराहरू खाँदा शरिर तताउन र आवश्यक पौष्टिक तत्व प्राप्त गर्न नसकिने भएकाले तातो र झोलिलो खानेकुरा खान डाक्टरहरूले सुझाब दिने गरेका छन् ।

घर भित्र पनि आगो, कोइला तथा हिटर बालेर बस्दा न्यानो र तातो हुने भएपनि आगो , हिटर र कोइला बाल्दा हुन सक्ने खतराको बारेमा सावधान रहन पनि डाक्टरहरूको सुझाब रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्