धादिङ सल्यानकोटको एक सिंगो गाउँ नै एमालेमा प्रवेश

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानकोटको एक सिंगो गाउँ नै एमालेमा प्रवेश गरेको छ।नेकपा माओवादीबाट वडा सदस्य निर्वाचित अर्जुन विसुन्खे सहित गाउँमा रहेका ९७ जना शनिबार नेकपा एमालेमा प्रवेश गरेका हुन ।नेकपा एमालेले नै विकास र समृद्धिको काम पुरा गर्ने र यसले नै सामाजिक सुरक्षाका कार्यक्रम समेत ल्याएको भन्दै गाउँबासी सबै एमालेमा प्रवेश गरेका हुन् ।

No description available.

नव प्रवेशीहरुलाई नेकपा एमालेका बागमति प्रदेश इन्चार्ज कासीनाथ अधिकारीले टिका खादा लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । कार्यक्रममा एमाले धादिङका इन्चार्ज खेम लोहनी, जिल्ला कमिटि अध्यक्ष भूमि त्रिपाठी, गाउँपालिका अध्यक्ष शम्भु थापा लगायतले स्वागत गर्दै एमाले संधै जनताको पक्षमा काम गर्ने बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्