ख्रिष्टमसको अवसरमा ५६ जनाद्धारा रक्तदान

धादिङ पिशोन संयुक्त प्राथना संगती ख्रिष्टमसको अवसरमा धादिङबेशीमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धादिङ पिशोन संयुक्त प्राथना संगतीको आयोजना तथा मिशन होटल एण्ड रिसोर्ट प्रा.लि र धादिङ आल्मुनियम उद्योग प्रा.लिको सह–आयोजनामा भएको रक्तदान कार्यक्रममा २१ जना महिला र ३५ जना पुरुष गरि कुल ५६ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नीलकण्ठ नगरपालिका–३ धादिङबेशी स्थित प्रगती टोलमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग रहेको थियो।धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसका उपमन्त्री श्रेष्ठले जानकारी दिनुभयो। तस्विर नारायण कुमार श्रेष्ठ

No description available.
May be an image of 5 people and people sitting
May be an image of 7 people
May be an image of 6 people and people sitting
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्