क्रिसमसमा हुने यात्रा र भिडभाडले ओमिक्रोन फैलने विशेषज्ञको चेतावनी

अमेरिकाका विशेषज्ञले क्रिसमसका समयमा हुने यात्रा र भीडभाडले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलने बताएका छन् । कोरोनाविरुद्धको खोपका बाबजुद पनि भेरियन्ट फैलिने जोखिम उच्च रहेको उनीहरुले चेतावनी दिएका छन् ।

खोप लगाएकाहरुमा पनि सङ्क्रमणको जोखिम रहेको उनीहरुले बताएका बीबीसीले जनाएको छ । ’ओमिक्रोन थप फैलनेमा कुनै आशङ्का छैन’ अमेरिकी विशेषज्ञ डाक्टर एन्टोनी फौसीले भन्नुभएको छ ।

उहाँले यो भेरियन्ट विश्वमा नै फैलँदै गएको भन्दै महामारी रोकथामका प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा अमेरिकी सरकारलाई सुझाव समेत दिनुभएको छ । ओमिक्रोन भेरियन्ट अहिले विशेषगरी अफ्रिका र युरोपमा फैलिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्