थपिने संक्रमित भन्दा निको हुने बढि,२६३ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर ४ हजार १४१ को परिक्षणमा २२० संक्रमित थपिदा २६३ संक्रमित डिस्चार्ज भएका छन्।देशभरका प्रयोगशालाबाट २ हजार ७२५ जनाको पीसीआर गर्दा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन परिक्षणमा २ गरी २२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आईतबार मात्रै १८१ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ९ हजार १५५ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५७४ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्