काठमाडौंबाट चोरीको मोटरसाइकलसहित धादिङका दुई जना पक्राउ

काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित धादिङका दुई जना पक्राउ परेका छन्।

सादा पोसाकमा खटिएको प्रहरी टोलीले लामबगरबाट घरको पार्किङमा लुकाइराखेको अवस्थामा प्रदेश ३ –०२–०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका–३ घर भइ गैरीगाउँ लामाबगर बस्ने १९ वर्षीय पारस तामाङ्ग र धादिङ नेत्रावती डबजोङ गाउँपालिका–१ घर भइ लामबगर बस्दै आएका २२ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् ।

उक्त मोटरसाइकल यही मंसिरमा मनमैजु घर कम्पाउण्डबाट हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका –८,मनमैजु बस्ने सुजिन्द्र लामाले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजुमा पठाइएको ट्राफिक महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्