सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ।आउँदो चुनावलाई ध्यानमा राख्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो ।
मन्त्रालयले एक विज्ञप्ति निकाल्दै पछि फेरि उपयुक्त समयमा अन्तर पालिकामा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको जनाएको छ ।
लोकसेवा आयोगबाट पालिकामा सिफारिस भइ स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।