कोरोनाविरुद्धको औषधिलाई अमेरिकाले दियो स्वीकृति

अमेरिकाले कोरोनाविरुद्ध उपयोगी रहेको भन्दै फाइजरले बनाएको एन्टीभायरल औषधिलाई स्वीकृति दिएको छ । यो औषधि गम्भीर अवस्थामा पुगेका १२ वर्ष र त्योभन्दा बढी उमेर समूहकालाई दिन सकिनेछ । कोरोना सङ्क्रमितको उपचारका लागि घरमै दिन सकिने यो औषधि पहिलो औषधि हो, जुन ट्याबलेटको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै रीटोनाभिर नामक पुरानो एन्टीभायरल औषधि पनि दिनुपर्नेछ। फाइजरको क्लिीनकल परीक्षणको क्रममा गम्भीर बिरामीलाई अस्पताल भर्ना हुनबाट यो औषधिले सहयोग पुग्ने पुष्टि भएको छ । साथै अस्पताल भर्ना हुनबाट ९० प्रतिशतसम्म उपयोगी रहेको पनि दावी गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्