जनतालाई धोकादिने काम गर्दैनौंःईन्द्रबहादुर बाँनिया

नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बाँनियाले आफुले जनतालाई धोका दिने काम नगर्ने बताउनुभएको छ ।प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बाँनियाले बर्तमान गठबन्धनले गरिबमुखी, काममुखी र गाउँमुखी काम गर्ने स्पष्ट पार्नुभयो।

काँग्रेस रुपान्तरण,उत्साह र एकताको साथ अघि बढेको भन्दै पार्टी भित्र देखीएको समस्यालाई समाधन गरेर अघि बढ्ने बताउनुभयो। लोभ र भ्रमलाई भण्डाफोर गरेर संविधान रक्षाको लागि बर्तमान गठबन्धन अघि बढ्ने भन्दै बाँनियाले व्यावस्थानकै लागि क्रान्ति गर्न नपरोस भनेर गठबन्धन कायम गरीको बताउनुभयो। संविधान अनुसारनै मन्त्री मण्डल बनाईएको भन्दै बाँनियाले हल्लाको पछि नलाग्नको लागि आग्रह गर्नुभयो।

आलोपालोमा मुख्य मन्त्री बन्ने कुराको विषयमा भने बाँनियाले केहि बताउनु भएन। अहिले आफ्नो प्राथमिकता मुख्यमन्त्री नभएको भन्दै उहाँले सहमति अनुसारनै काम हुने बताउनुभयो ।बागमती प्रदेश सरकारमा सहभागि हुने मन्त्रीको नाम एकदुई दिन भित्रै टुङ्गिने पनि बाँनियाले बताउनुभयो ।

नेपाली काँग्रेस बागमती प्रदेशको सभापति भएपछि बाँनिया पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन धादिङ आउनुभएको हो ।त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोकमा रहेको सुन्दरी माध्यमिक विद्यालयको ६० औँ बार्षिकोत्सव कार्यक्रमा सहभागि हुन बाँनिया बिहिबार धादिङ आउनुभएको थियो ।

पत्रकार सम्मेलनको भिडियो केहि समयपछि यसै अनलाईनमा प्रकाशन गर्नेछौँ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्