नीलकण्ठ मा.विमा १८ जनाले गरे रक्तदान

एन.सि.सि आल्मुनाई एसोसियशनको ४ औँ बार्षिकोत्सवको अवसरमा धादिङबेशी सिथ्त नीलकण्ठ मा.विमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एन.सि.सि आल्मुनाई एसोसियशन धादिङको आयोजना तथा नीलकण्ठ मा.वि, एडभान्स आवासिय मा.वि र आदर्श मा.विको सहयोगमा भएको रक्तदान कार्यक्रममा ३ जना महिला र १५ जना पुरुष गरि १८ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग रहेको थियो।धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।

जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसका उपमन्त्री श्रेष्ठले जानकारी दिनुभयो। तस्विर नारायण कुमार श्रेष्ठ

May be an image of 11 people, people standing, people sitting and outdoors
May be an image of 5 people, child, people sitting and outdoors

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्