पाँच महिनामा ८ अर्ब ५९ करोड बराबरको तरकारी आयात,दैनिक ६ करोडको आयात

नेपालमा चालु आर्थिक वर्षको पाँच महिनामा ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले प्रतिमहिना एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ ।यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको तरकारी मात्रै आयात गरेको देखिन्छ ।यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ ।

आलु खरिदमा मात्रै नेपालबाट ५ अर्ब २७ करोड रुपैयाँ विदेशीएको छ । भने दुई अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेंडा, ३७ करोड ४१ लाखको हरियो लसुन, एक करोड ४ लाखको फर्सी, ४१ लाख रुपैयाँको गाजर, ४ करोडको भेण्डे खुर्सानी र १६ करोड रुपैयाँ हरियो सागपात, ७ करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको तथ्याङ्मा उल्लेख छ ।

यस्तै ३ करोड ३७ लाखको हरियो तरकारीका गेडागुडी, कांक्रो,बन्दा,र खुर्सानीको आयात पनि उच्च मात्रामा देखिन्छ । चालु आवको कात्तिक मसान्तसम्म नेपालले ६ अर्ब ८९ करोडको तरकारी आयात गरेको थियो ।नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादन छ। भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको गेडागुडी भित्रिएका छन् ।

चालु आवको ५ महिनामा ५ अर्ब १६ करोडको आलु नेपालले भारतबाट खरिद गरेको छ ।बंगलदेशबाट पनि १० करोड मूल्य बराबरको आलु, पाकिस्तानबाट ८२ हजारको हरियो लसुन, दक्षिण कोरियाबाट समेत रातो बन्दा नेपाल आयात गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्