धादिङमा २८ हजार ६२० विद्यार्थीले लगाए मोडर्ना खोप,अभियान भोलिसम्म

धादिङमा १२ देखि १७ वर्ष उमेर समूहका २८ हजार ६२० विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन्।जिल्लामा गत आईतबारदेखी सुरु भएको खोप अभियानमा शुक्रबार मात्रै १ हजार ५५७ जना छात्रा र १ हजार ३६५ छात्र गरी २ हजार ९२२ ले मोर्डनाको पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो अभियान भोलि पुस ११ गते सम्म सञ्चालन हुने छ ।खोप कार्यक्रम सम्बन्धीत विद्यालय र ५२ स्वास्थ्य संस्थाबाट लगाईने स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले बताउनुभयो ।

यसैगरी पहिलो मात्रा लगाएका बालबालिकालाई माघको २ गतेदेखि ९ गतेसम्म दोश्रो मात्रा लगाईने खोप अधिकृत पोखरेलले बताउनुभयो। वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्