अन्तर्राष्ट्रिय धादिङ समाजको संरक्षक समिति र सल्लाहकार समिति गठन

अन्तर्राष्ट्रिय धादिङ समाजले संरक्षक र सल्लाहकार समिति गठन गरेको छ। संस्थाको बैठकले ७ सदस्यिय संरक्षक समिति र २५ सदस्यिय सल्लाहकार समिति गठन गरेको हो ।

समाजको संरक्षकमा संस्थापक अध्यक्ष नानु काजी अर्याल, प्रा.डा. पदम सिम्खडा, प्रा.डा. अर्जुन अर्याल, लोक प्रसाद दाहाल, रामशरण सिम्खडा, आर.के. त्रिपाठी र अर्जुन धरेल चयन भएका छन् ।

यसैगरी समाजको सल्लाहकार समितिमा संस्थापक महासचिव प्रमोद भट्ट, मनोज गोर्खाली, उल्का घिमिरे , भूवन गुरुङ, प्रकाश धमला, कृष्ण प्रसाद तिमल्सेना, डा. प्रताप छत्कुली, किरण अधिकारी, डा. कमल अर्याल, बिराज भट्ट, निराजन गौली, भवानी तिवारी, कृष्ण खनाल, चिज कुमार तामाङ, बाल कृष्ण श्रेष्ठ, तेज अर्याल, रबिन्द्र अधिकारी, कृष्ण न्यौपाने, केशब अधिकारी, आरवि घले, दिवाकर पाण्डे, सुजन अधिकारी, सीता अर्याल, नर बहादुर घले र मनोज थापा चयन भएका छन् ।

कार्यसमितिको यसअघिको बैठकले संरक्षक समिति तथा सल्लाहकार समिति मनोनित प्रक्रियामा सस्थाका अध्यक्ष राजन खकुरल र महासचिव राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको थियो।यसअघिको बैठकबाट समाजको प्रवक्तामा विशेष लोहनीलाई चयन गरेको थियो ।

‘हाम्रो धादिङ, राम्रो धादिङ,’ ‘सम्पूर्ण प्रवासी धादिङेलीको अभियान, शान्त र समृद्ध हाम्रो पहिचान’ को मूल लक्ष्यसहित स्थापित संस्थाले धेरै देशहरु नेटवर्क विस्तार गरिसकेको छ ।अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका नेपालीहरुको साझा संगठन हो ।

समाजले धादिङमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ। विशेष गरी समाजले विपत्ती परेको समयमा वा अन्य प्राकृतिक प्रकोपको बेलामा मातृभुमिलाई सहयोग गर्दै आईरहेको छ।गत १० अक्टोबरमा सम्पन्न भएको महाधिवेशनले राजन खकुरालको अध्यक्षतामा १९ सदस्यिय नयाँ कार्य समिति चयन गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्