विराट सांग्रिलाको अध्यक्षमा पुनः रुपेश अधिकारी

काठमाडौं, १० पुस
सी डिभिजन छनोटको तयारीमा रहेको विराट सांग्रिला स्पोर्टिङ क्लब, विराटनगरको अध्यक्षमा रुपेश अधिकारी पुनः चुनिएका छन् । शनिबार सम्पन्न साधारणसभाले आगामी कार्यकालको लागि पनि रुपेशको नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो । 

यस्तै, महासचिवमा माधव भट्टराई , सचिवमा काशीराज पराजुली र कोषाध्यक्षमा दीपेन्द्र थापा मगर निर्वाचित भएका छन् । साधारणसभाले आगामी सी डिभिजन लिग खेल्ने र आर्थिक बर्ष २०७८–७९ का लागि २४ लाख ४५ हजार अनुमानित बजेट पारित गरेको छ । क्लबले यस पटक हुने मोरङ जिल्ला लिग समेत खेल्ने निर्णय गरेको छ । 

गत सिजन सी डिभिजन छनोटबाट बञ्चित भएको क्लबले सल्लाहकार समितिमा पर्शुराम बस्नेतको संयोजकत्वमा अरुण राठी, विकास चौधरी, नवीन धिमिरे, अनन्तराज थापा र भोला सिलवाललाई चयन गरेको छ । 

साधारणसभाको प्रमुख अतिथिका रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली रहेका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्