मोटरसाइकल दुर्घटनामा धुनिबेसीका श्रीजन पाठकको मृत्यु,अर्का एक घाइते

धादिङ,१२ पुस।
धादिङको थाक्रे गाउँपालिका–१ स्थित खयरघारी सडकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आइतबार प्रदेश नम्बर ३–०२–००७ प ९८९१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार धुनिबेसी नगरपालिका–७ बस्ने २२ वर्षीय श्रीजन पाठकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धुनिबेशी नगरपालिका ७ बस्ने २२ वर्षीय किशोर गिरिको ट्रमा सेन्टर काठमाडौंमा उपचार भईरहेको छ।

मृतक पाठक धादिङका क्रिकेटर हुन्।उनको निधन प्रति जिल्ला क्रिकेट संघ धादिङले दुःख व्यक्त गरेको छ ।जिल्ला स्तरीय क्रिकेटमा राम्रो प्रदर्शन गरेका पाठकको निधनले धादिङको क्रिकेटमा क्षति पुगेको जिल्ला क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कँडेलले बताउनुभयो ।

पाठक माघ महिनामा हुने प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको लागि जिल्ला छनोटमा धुनीबेसी नगरपालिकाबाट छानिएका थिए ।उनी यसअघि जिल्ला स्तरीय प्रतियोगिता खेली सकेका खेलाडी हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्