नागढुङ्गा सुरुङमार्ग निर्माण ३२ प्रतिशत सकियो

देशकै पहिलो नागढुङ्गा सुरुङमार्ग निर्माणको काम हालसम्म ३२ प्रतिशत सम्पन्न भएको छ । नागढुङ्गा र दहचोक दुवैतर्फ गरेर एक हजार नौ सय मिटर सुरुङ खन्ने काम सकिएको सुरुङमार्ग कन्सल्टेन्ट अफिसका डेपुटी टीम लिडर अच्युत भट्टले बताउनुभयो।

सुरुङ निर्माण भएको ४२ महिनाभित्र काम सम्पन्न हुनुपर्ने भए पनि विगतको कोभिड–१९ को महामारीका कारण भएको पूर्णकालीन लकडाउन हुँदा कार्य अवधि थप लम्बिएको छ । कार्यअवधि थप ८६ दिन थपिएको र यो समयभित्रै सुरुङमार्गको काम सम्पन्न हुने कोसिस भइरहेको उहाँको भनाइ छ ।

पश्चिमी किनारको मेन टनेलको सुरुङ हो । यो सकिँदासम्म साढे तीन मिटरको बाटो बन्नेछ । सुरुङमार्गमा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आवश्यक ठाउँमा सुरक्षाकर्मी र आवश्यक जनशक्तिहरु निरन्तर खट्ने व्यवस्था मिलाइनेछ ।

सुरुङमार्गमा फायर फाइटिङ, इलेक्ट्रिसिटीको व्यवस्थापनका मिलाइने गरी निर्माण कार्य भइरहेको छ । तर, यस मार्गमा ओभरलोडेड, ज्वलनशील पदार्थ बोकेको सवारीसधान र मोटरसाइकल जस्ता यातायातको साधनमा भने रोक लगाइने भट्ट बताउनुहुन्छ ।

सुरुङको मेन टनेलको दैनिक तीनदेखि चार मिटरसम्म र अर्को सुरुङको पाँचदेखि छ मिटरसम्म खन्ने काम भइरहेको छ । सुरुङमार्ग निर्माणमा छ सय नेपालीसहित केही जापानी कामदारहरु छन् ।

नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो। सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने विभागले जनाएको छ। आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ।

दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ। तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन्।

एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन्। सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ। ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्ने आयोजनाले जनाएको छ।फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्