ससाहमा समुदाय अभिमुखीकरण कार्यक्रम

धादिङ १२ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को ससाहमा समुदाय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र लाभदायी बनाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको सुचना तथा परामर्शकर्ता बिनोद ढकालले जानकारी दिनुभयो ।

बैदेशिक रोजगारमा नबुझिजाँदा विभिन्न समस्याहरु पर्ने गरेको कारण बैदेशिक रोजगारमा जानुपुर्व अपनाउनुपर्ने प्रक्रियाको बारेमा छलफल गरीएको ढकालले बताउनुभयो ।

कार्यक्रममा सुचना तथा परामर्शकर्ता विनोद ढकालले बैदेशिक रोजगारीको शिलशिलामा ठगिएकाहरुलाई निशुल्क कानुनी सेवाको लागि सहजीकरण, बैदेशिक रोजगारीमा रहँदा अंगभंग भएका, मृत्यु भएकाहरुलाई क्षतिपुर्तिको लागि सहजिकरण, निशुल्क सिपको लागि सिफारीस, बैदेशिक रोजगारको क्रममा भएको ठगिमामा सहजिकरण गर्ने लगायतको विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा विभिन्न चित्र मार्फत सूचना तथा परामर्श केन्द्रले गर्ने काम, वैदेशिक रोजगारमा जाँदा सहि सूचना र सीपको महत्व, कागजपत्रको सुरक्षा र त्यसको महत्व, घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जादा विचार पु¥याउनुपर्ने कुराहरु, पैसा र पासपोर्ट दिदा भरपाई गर्नुपर्ने विषयमा जानकारी गराउनु भएको थियो ।

यसैगरी वित्तिय सहजकर्ता रचना लम्सालले वित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाको महत्व, सहभागी छनौट लगायत २४ हप्ता सम्म गरिने क्रियाकलापका विषयमा सहजिकरण गर्नुभएका थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्