कोरोना संक्रमितको संख्या घट्दै : आज ६ जनामा संक्रमण पुष्टि

धादिङ, १४ कात्तिक ।
नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो समय परिक्षणको दायरा घटेसंगै संक्रमितको संख्या घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८७ जनाको पिसिआर परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ३६ जना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९ लाख ८८ हजार १५ पुगेको छ ।

यस्तै ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्