धादिङमा थपिए २२ जना डेंगी संक्रमित, नीलकण्ठका मात्रै १९ जना

धादिङ,१४ कात्तिक ।
धादिङका थप २२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ११ जना पुरुष र ११ जना महिला गरी २२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै गत साउन १ गतेदेखि जिल्लामा डेंगी बिरामीको संख्या एक हजार ९११ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका एक हजार ३४ जना पुरुष र ८८७ महिला गरी कुल एक हजार ९११ जनामा संक्रमण पुष्टि भएको छ।

नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १२ सय ११ संक्रमित रहेको छ भने गजुरीमा १०६ र धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस्तै गल्छीमा ८३, ज्वालामुखीमा ७७, त्रिपुरासुन्दरीमा ७२, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ५०, गंगाजमुनामा २७, थाक्रेमा १८, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा १२, र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट डेंगी परिक्षण हुदैँ आएको छ ।
फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्