सिद्धलेकमा आधारभुत तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न,आज मावि स्तरिय प्रतियोगिता हुदै

धादिङको सिद्धलेक गाउँपालिकामा आधारभुत तहको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

सिद्धलेक गाउँपालिका वडा नम्बर ७ को सत्यवती माध्यमिक विद्यालय आदमटारमा सम्पन्न भएको प्रतियोगितामा मावि तका सबै विद्यालय र कक्षा ६ देखी ८ कक्षा सम्म सन्चालन भएका २ ओेटा विद्यालय सहित १५ ओटा विद्यालयको सहभागिता रहेको थियो ।

No description available.

सिद्धलेक गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सिद्धलेक गाउँपालिका वडा नम्बर ४ मा रहेको जलेश्वरी मावि सलाङघाट प्रथम, सिद्धलेक गाउँपालिका वडा नम्बर ३ को अमर आदर्श मावि द्धितिय, सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा रहेको महाकाली मावि तृतिय र सत्यवती मावि सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र सान्त्वना भएका विद्यालका विद्यार्थीहरुलाई क्रमश ७ हजार ५ सय,५ हजार १ सय,३ हजार,२ हजार ४ सय नगद सहित मेडल,शिल्ड र प्रमाणपत्रबाट पुरस्कृत गरीएको सहजकर्ता बलराम अधिकारीले जानकारी दिनुभयो ।

No description available.
सिद्धलेक गाउँपालिकाका शिक्षा अधिकृत प्रविनबाबु भट्टराईको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्माको प्रमुख आतिथ्य र वडा नं ७ का वडाध्यक्ष लक्ष्मण खतिवडाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न । त्यसैगरी शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामामा आज मंगलबार मावि स्तरीय प्रतियोगिताको आयोजना गरीएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्