हवल्दार काफ्ले मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

धादिङ,१३ पौष ।
जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी हवल्दार काशीराम काफ्ले उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले ईलाका प्रहरी कार्यालय बेनिघाटमा दरबन्दी भई प्रहरी कार्यालयमा कार्यरत हवल्दार काफ्लेको कामको कदर गर्दै बेस्ट स्टेट पोलिस अफ द मन्थ(मंसिर महिनाको सर्बोत्कृष्ट प्रहरी) घोषणा गरेको हो।

सर्बोत्कृष्ट घोषणा हुनुभएका काफ्लेले नीलकण्ठ नगरपािलका वडा नं ३ बीच बजारमा शंकास्पद २ जना व्यक्तिहरुलाई सोधपुछ तथा चेकजाँच गर्दा उनीहरुको साथबाट विभिन्न नामको ट्याबलेट र भिभो कम्पनीको कालो रङको मोबाइल सेट १ थान बरामद गरी पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय धादिङमा दाखिला गरी डिउटीमा इमानदार पुर्वक कार्यसम्पादन गरेकाले सम्मान गरिएको धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो।

काफ्लेलाई अभिलेखमा उल्लेख हुने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएकोे प्रमुख प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय धादिङले मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवम् थप हौसला प्रदान गर्ने उद्देश्यले हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गरि सम्मान गर्दै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्