धादिङमा डेंगी संक्रमितको संख्या २५ सय ९ पुग्यो

धादिङ,१५ मंसिर ।
धादिङमा डेंगी संक्रमित हुनेको संख्या २५ सय ९ पुगेको छ । पछिल्लो २५ घण्टामा १० जनामा संक्रमण पुष्टि भएसँगै डेंगी संक्रमितको संख्या २ हजार ५ सय ९ पुगेको हो ।

आज नीलकण्ठ नगरपालिकाका ८ जना र सिद्धलेक गाउँपालिकाका २ जनामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

जिल्लामा १ हजार ३ सय ४४ जना पुरुष र १ हजार १ सय ६५ जना महिला गरी २ हजार ५०९ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्